काठमाडौँ : भूमि व्यवस्था, सहाकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अबको एक महिनाभित्रै भूमि आयोग गठन गर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित दिगो ग्रामीण विकासका लागि विकास संघ(आफा) को क्षेत्रिय कार्यशाला तथा ११औं साधारणसभामा मन्त्री अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न आयोग गठन गर्ने बताएका हुन् ।
`अव्यवस्थित तथा साना किसानहरूलाई कृषि जग्गा उपलब्ध गराउँछौं, कृषिमा आवद्व गराउँछौ,´ उनले भने, `कृषिमा जोडेर उद्यमशील बनाउने हो ।´
देश र देशको हावापानीअनुसार कृषि गरि मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउने उनले बताए । खाद्य सम्प्रभुता संविधानमै रहेको बताउँदै मन्त्री अधिकारीले त्यसका सुरक्षाका लागि प्रयास गरिने बताए ।