सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भयो: लामिछाने

२०८१ भाद्र ३१, सोमबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगिमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको बताएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानवीन विशेष समितिको प्रतिवेदन अनुसार आफु सहकारी ठगिमा संलग्न नभएको पुष्टि भएको बताएका हुन्।

उनले सहकारीबाट गोर्खा मिडियामा आएको पैसा चलाउने क्रममा आफु प्रवन्ध निर्देशक भएको नाताले हस्ताक्षर भने आफ्नै चलेको बताए। गोर्खा मिडिया सञ्चालनका क्रममा भएका कमी, कमजोरीहरुको भने आफु भागिदार हुने उनले स्पष्ट पारे। उनले आफूहरु सहकारी पीडतहरुको पक्षमा आवाज उठाइरहने पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
1
+1
0

ताजा समाचार