पहिलो दिन १२ सय जनाले चढे धरहरा

२०८१ आश्विन ३, बिहीबार

काठमाडौँ : सर्वसाधारणका लागि खुला गरिएपछि आज (बिहीबार) पहिलो दिन धरहरा चढ्नेहरुको भीड लागेको छ।

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको जानकारी दिए। सरकारले संविधान दिवसका अवसरमा आजदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।

एकाइका प्रमुख अधिकारीले विसं २०७२ को भूकम्पले भत्किएको धरहरा नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा नै सर्वसाधारणको अत्यधिक घुइँचो लागेको र सुरक्षा व्यवस्थापनमा चुनौती भएको बताए। “अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक दिन छ सय जनाका लागि निःशुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको थियो। तर पहिलो दिन नै एक हजार दुई सय जानाले धरहरा चढेको आधिकारिक रेकर्ड छ”, उनले भने।

उनका अनुसार कतिपय मानिसहरु विना टिकट नै धरहरा चढेका थिए। उनले भने, “आज अत्यधिक भिड भयो। भोलिदेखि व्यवस्थित रुपमा छ सय जनाका लागि मात्रै चढ्न दिन्छौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार