विभेदविरुद्ध दलितका लागि दलित अभियानको प्रदर्शन

२०८१ आश्विन ३, बिहीबार

काठमाडौं : विभेदविरुद्ध दलितका लागि दलित अभियानले माइतीघर मण्डलमा प्रदर्शन गरेको छ।

सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै लामो समयदेखि प्रदर्शन गरिरहेका अभियानमा अबद्ध युवाले बिहीबार बृहत् प्रदर्शन निकालेका हुन् । स‌विधान दिवसकाे दिन काठमाडौंकाे माइतीघरमा भेला भएका युवाहरूले नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गरेकाे छन् ।

४४ दिनदेखि दलितलाई खोई उल्लिखित प्लाकार्ड बोकेर माइतीघरमा धर्ना दिँदै आएका खगेन्द्र सुनारको आह्वानमा युवाहरू बिहीबार काठमाडौंमा भेला भएका हुन् । उनले असोज ३ दलितका लागि एक दिन अभियान घोषणा गरेका हुन् । आजको प्रदर्शनमा खगेन्द्रबाहेकका अन्य युवाहरू पनि नेल लगाएर उपस्थित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार