
काठमाडौं : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सहकारी प्रकरणमा उपसभापति धनराज गुरुङमाथिको छानबिनलाई पार्टीले कुनै पनि रूपमा प्रभावित नगर्ने बताएका छन् ।
झापा–काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई शनिबार उनले सहकारी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने बताए । संसदीय समितिको निष्कर्ष र सिआइबीको अनुसन्धानको विषयलाई संकेत गर्दै उनले निष्पक्ष छानबिनबाट टुंगो लाग्नुपर्ने बताए । ‘हाम्रो उपसभापतिमाथि छानबिन प्रक्रिया सुरु भएको छ । सिआइबीले छानबिन गरिरहेको छ । कांग्रेसले दबाब दिँदैन ।
धनराज गुरुङ छानबिनबाट निर्दोष देखिनुुहुन्छ भने माला लगाएर कांग्रेसको नेतृत्वमा अगाडि जानुहुन्छ । दोषी देखिनुहुन्छ भने जेल जानुहुन्छ,’ शर्माले भने ।