सुनको मूल्यमा भारी वृद्धि, फेरी बनायो नयाँ रेकर्ड

२०८१ आश्विन ६, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १७ सय रूपैयाँले बढेको छ । आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ७ सय रूपैयाँले बढेर १ लाख ५८ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १९ सय १५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १९ सय २० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार