
चितवन : चितवनको भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–२ नारायणगढको लीला चोकमा शनिबार तीव्र गतिको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सहिद चोकबाट पोखरा बसपार्क जाने क्रममा बा. प्र ०६–००२ प ३१४५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।
दुर्घटनामा पूर्वी नवलपरासीको गैँडाकोटका ३६ वर्षीय रविन थापा र लमजुङ दुधपोखरी गाउँपालिका–६ का ४० वर्षीय पूर्णबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।
मृत्यु हुने थापा मोटरसाइकल चालक हुन् भने गुरुङ पछाडि सवार थिए। उनीहरुको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।