
काठमाडौँ : नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ०१ पैसा छ।
यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ५९ पैसा कायम भएको छ। पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८१ पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा निर्धारण भएको छ।
कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ २० पैसा कायम भएको छ।हराइन दिनार एकको खरिददर तीन सय ५३ रुपैयाँ ८७ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ४६ पैसा कायम भएको छ।