काठमाडौँ : नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षकहरूको सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले असोज ७ गतेको निर्णय अनुसार उनीहरूको सरुवा गरेको हो । २०८१ साल असोज महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको छ ।









