साफ यू -१७ : भुटानलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

२०८१ आश्विन ९, बुधबार

काठमाडौँ : साफ यू –१७ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलमा पुगेको छ  ।

भुटानको चाङ्लिमिथाङ रङ्गशालामा बुधवार सम्पन्न खेलमा नेपालले घरेलु टोलीलाई  २ – १ गोलबाट हराउँदै ६ अंकका साथ समूह चरण दोस्रो हुँदै सेमिफाइनलमा पुगेको हो । नेपालका लागि ५५ औ मिनेटका कृष्णबहादुर आलेले फ्रिकीक मार्फत गोल गरे भने ८४ औं मिनेटमा सुजन डंगोलले गोल गरेका हुन ।

यस अघि सोमबार सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ४- ० गोलले हराएको थियो भने शनिबार सम्पन्न  पहिलो खेलमा  नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो। अव सेमिफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार