सप्तकोशीमा बस खस्यो, सबै यात्रुको सकुशल उद्धार

२०८१ आश्विन १०, बिहीबार

सुनसरी : सप्तकोशीमा बस खसेको छ। बसबाट सबै यात्रुको सकुशल उद्धार गरिएको छ।

विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस साँझ ६ बजेतिर सप्तकोशीमा खसेको थियो। सप्तकोशीको ३५ नम्बर ढोकाबाट पानीमा खसेको बसबाट सवार १७ जनालाई सकुशल बाहिर निकालिएको सुनसरी प्रहरीले जानकारी दिएको छ।

उद्धार हुनेमा ६ जना पुरुष, ६ महिला, २ जना बालबालिका र ३ जना चालक दलका सदस्य रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार