काठमाडौँ : प्रहरीले दाङबाट बलात्कारमा संलग्न आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–२ बेला बस्ने २७ वर्षीय रामप्रताप यादव छन् ।
आरोपीले २२ वर्षीया महिलालाई लमही नगरपालिका वडा नम्बर–७ स्थित करी सामुदायिक वनमा बलात्कार गरेको आरोप छ ।
वडा प्रहरी कार्यालय लमहिबाट खटिएको टोलीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।





