पूर्वडीआईजी जोशीलाई थप ७ दिन थुनामा राख्न आदेश

२०८१ आश्विन ११, शुक्रबार

काठमाडौँ : पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीले अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।

असोज ६ गते काठमाडौँबाट पक्राउ परेका जोशीलाई पोखरा पुर्याएर अनुसन्धान भइरहेको छ। असोज ७ गते अदालत लगिएको थियो भने अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। अदालतले दोस्रोपटक सात दिनको अनुमति दिएको हो । उनको बयान चलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार