हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु, आठ घाइते

२०८१ आश्विन १२, शनिबार

इस्लामावाद : पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।

मारी पेट्रोलियम कम्पनी लिमिटेडका कर्मचारी बोकेको चार्टर्ड हेलिकप्टरमा शेवा क्याम्प जाँदै गर्दा प्राविधिक समस्या भई प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा दुर्घटनाग्रस्त भएको उत्तरी वजिरिस्तानको प्रहरी स्रोतले सिन्ह्वालाई बताएको छ । दुर्घटनामा छ जना यात्रुको घटनास्थलमै मृत्यु भएका र अन्य आठ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान सुरु गरिएको छ । घटनालगत्तै उद्धारकर्ता र सुरक्षाकर्मी घटनास्थलमा पुगेर राहतकार्य सुरू गरेका थिए । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1

ताजा समाचार