कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

२०८१ आश्विन १३, आईतवार

चितवन : भरतपुर महानगरपालिका वाड नं–१० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

असोज १३ गतेका दिन प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेज अफ मेडिकल साइन्सका तर्फबाट Additional Director डा.मनोहर प्रधानले समझौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कलेज अफ मेडिकल साइन्ससँग प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत बिशेष छुट पाउने भएका छन् ।

सिओएमएस मा उपचार गर्दा औषधि, सिटि स्क्यान र एमआरआई  बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजि मा समेत २० प्रतिशतसम्मको छुट पाउने छन् । प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले कलेज अफ मेडिकल साइन्सको सुबिधा तथा सेवा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्ने छ ।

तर, यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खूल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने छ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधी बाट सम्मानित प्रभु बैंक लि.को नेपालभर ३१५ शाखा कार्यलयहरु, २८६ एटीयम साथै ६९ भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरुलाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं” मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार