छविलाल जोशी पक्राउ पर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

२०८१ आश्विन १४, सोमबार

काठमाडौं : सर्वोच्च अदालतले– गोरखा मिडिया नेटवर्कका छविलाल जोशीलाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको छ ।

सहकारी संस्थाको रकम अपचलन प्रकरणमा असोज ६ गते पक्राउ परेका जोशीले आफूलाई गैरन्यायिक हिरासतमा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएपछि सर्वोच्चले आज (सोमबार) कारण देखाउ आदेश जारी गरेको हो । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले बुधबारसम्म जवाफ पेश गर्न लगाएर बिहीबार सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सवुद प्रमाण सहित मिति २०८१-०६-१५ सम्ममा प्राप्त हुने गरी विपक्षीहरुबाट महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखत जवाफ माग गरी मिति २०८१-०६-१६ गते सुनुवाईको लागि इजलास समक्ष पेश गर्नु ।

साथै जाहेरी सहितका अनुसन्धानका क्रममा तयार भएको कागजातहरुको प्रतिलिपि विद्युतीय माध्यमबाट झिकाई प्रस्तुत निवेदनको साथै राखी नियमानुसार पेश गर्नु ।’ जोशी अहिले कास्की प्रहरीको हिरासतमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार