काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर १ लाख ६० हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १९ सय ४० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १९ सय २५ रूपैयाँ कायम भएको छ ।