कांग्रेस संसदीय दल बैठक बस्दै

२०८१ आश्विन १५, मंगलवार

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार दिउँसो बस्दैछ। मंगलबार दिउँसो २ बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा संसदीय दल बैठक बस्ने भएको हो।

त्यसअघि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसदीय दल नेता शेरबहादुर देउवाको कार्यकक्षमा संसदीय दल कार्यसमिति बैठक बस्नेछ। कांग्रेसले पार्टीको सम्पूर्ण ध्यान बाढीपहिरो पीडितलाई उद्धार र राहत तथा पुनर्स्थापनामा लगाउने आइतबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट निर्णय गरेको थियो।

सरकारी राहत कोषमा सांसदहरूका तर्फबाट १५ दिनको पारिश्रमिकसहित ५० लाख रुपैयाँ दिने कांग्रेसले निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार