वाग्मती किनारमा ३ वटा शव फेला

२०८१ आश्विन १५, मंगलवार

हेटौंडा : मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर–१० मन्थली स्थत वाग्मती नदीको किनारमा तीन वटा शव फेला परेका छन् ।

स्थानीय बासिन्दाहरूले वाग्मतीमा माछा मार्न जाने क्रममा उक्त शव देखेको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताए । एउटा महिला र दुई वटा पुरुषको शव फेला परेको उनले बताए ।

ती शवलाई काठमाडौं हेलिकप्टरमार्फत लैजान गृह मन्त्रालयसँग समन्वय भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिल्वालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार