पुन्य गौतममाथि निर्घात कुटपिट

२०८१ आश्विन २२, मंगलवार

काठमाडौं : अभियन्ता पुन्य गौतममाथि निर्घात कुटपिट भएको छ ।

सोमबार बेलुकी सवा ९ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका  वडा नम्बर ८ बेसीगाउँमा रहेको उनको घर अगाडिको बाटोमा गौतममाथि कुटपिट भएको हो। गौतममाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए। अपरिचित व्यक्तिले गौतममाथि कुटपिट गरी गम्भीर घाइते बनाएका हुन्।

गौतमलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार गरिएको छ। उनको टाउकोमा चोट लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार