काठमाडौं : कर्मचारी सञ्चय कोषले गत आश्विन ११ र १२ गतेको वाढी पहिरोबाट प्रभावितहरुको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा २ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
प्रधानमन्त्री निवास वाललुवाटारमा आयोजित एक कार्यक्रम वीच कोष सञ्चालक समितिका सदस्यहरु प्रहरी अतिरिक्त महानिरिक्षक श्री दिपक थापा र सहायक रथी श्री विनोद थापाको उपस्थितिमा कोषका प्रशासक जितेन्द्र धितालले उक्त रकमको चेक प्रधानमन्त्री केपी.शर्मा ओलीलाई हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा कर्मचारी सञ्चय कोष सह प्रसासकहरु जीवन कुमार कट्वाल र भरतराज वस्तीको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोषले विपदको समयमा गरेको सहयोगको कोषको सरह्राना गरेका थिए ।





