पर्वतमा स्कार्पियो सडकबाट सयमिटर तल खस्दा १० यात्रु घाइते

२०८१ आश्विन २४, बिहीबार

काठमाडौँ : पर्वतमा स्कार्पियो गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्। पोखराबाट १२ जना दसैँका यात्रु बोकेर गन्तव्यतर्फ जाँदै गरेको बी ए ए १९९४ नम्बरको स्कार्पियो गाडी महाशिला गाउँपालिका–५ लंखुमा दुर्घटनामा परेको हो।

बुधबार राति करिब १० बजे गाडी सडकबाट झन्डै एकसय मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी रवीन विष्टले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार