काठमाडौं : नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालकी पत्नी गायत्री नेपाल लडेर घाइते भएकी छन् ।
नेपाल आज बिहान आफ्नै घरको भान्सामा लडेकी थिइन् । भान्सामा काम गरिरहेको बेला भुईँमा पोखिएको दूधमा चिप्लिएर उनी घाइते भएकी हुन् ।उनको देब्रे हात भुईँमा ठोक्किएर फ्याक्चर भएको छ । उनको बीएण्डबी अस्पताल ग्वार्को लगिएको थियो ।
उनको स्वास्थ्य अहिले सामान्य छ ।





