काठमाडाैं : ज्योति विकास बैंक लिमिटेड र पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्टबीच सम्झौता भएको छ ।
बैंकका ग्राहकहरुलाई १ वर्षसम्म रिसोर्टमा २० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । यस सम्झौताअन्तर्गत बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खानामा २० प्रतिशत, पेय पदार्थमा १० प्रतिशत र रुम चार्जमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।नेपालको प्रमुख पर्यटकीय स्थल फेवातालको नजिक रहेको उक्त रिसोर्टमा ग्राहकहरूले एक वर्षको अवधिसम्म सो छुटको लाभ उठाउन पाउने बैंकले जनाएकाे छ ।
कुटी रिसोर्ट सम्पूर्ण आधुनिक सुविधासहितको प्रख्यात थ्री–स्टार स्तरको रिसोर्ट हो । बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।





