तपाईंको आजको राशिफल : आज मिति २०८१ साल कार्तिक ३ गते शनिबार

२०८१ कार्तिक ३, शनिबार

मेष : अधुरा र रोकिएको काम दोहोर्‍याएर गर्दा फाइदा हुन सक्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।

वृष : सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ। अन्योलबीच उन्नतिको मार्ग प्रशस्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।

मिथुन : स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी छ। कुनै कुराले मन दुखी हुनसक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

कर्कट : मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ आस मारिसकेको काम बन्नेछ। विद्यामा सफलता र मान प्रतिष्ठामा वृद्धि पनि होला। बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ। यात्रा गर्दा चैं सावधानी अपनाउनु पर्नेछ।

सिंह : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। सामाजिक र कूटनैतिक क्षेत्रमा सफलता मिल्नेछ। कतै घुम्न जाने योजना पनि बन्नसक्छ तर काममा सानातिना बिघ्नबाधा परे पनि निराश र हतास नहुनु होला।

कन्या : मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। कुनै कुराले मनमा शान्ति छाउला। धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

तुला : मनमा दुबिधा र शंका उत्पन्न हुनेछ। यात्रामा मालसामान हराउन सक्छ। विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। मनमा चञ्चलता पनि बढ्नेछ तर साँझमा पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ।

वृश्चिक : रमणीय, सुखद् र धार्मिक यात्राको योग छ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइनेछ। मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ। स्वादिष्ट भोजनको आनन्दसमेत पाइनेछ शुभ समाचार पनि सुन्न पाइएला।

धनु : अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्त: फाइदा नै पुर्‍याउनेछ। व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ।

मकर : मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ। घर परिवारमा धार्मिक कृत्यको योग छ। पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सांस्कृतिक क्षेत्रमा रुचि पनि बढ्नेछ।

कुम्भ : डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। झन्झटिलो काममा संलग्न हुनुपर्ने छ। मन भावुक र उत्ताउलो बन्न सक्छ। आर्थिक कारोबारमा मन्दी आउनेछ। घरमा अतिथिको आगमन हुनेछ।

मीन : साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। विद्या र बुद्धिको विकास हुनेछ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। परोपकार आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार