अमेरिकामा नेपाली चाड तिहारलाई मुख्य पर्वको मान्यता

२०८१ कार्तिक ३, शनिबार

अमेरिका : अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा नेपालीहरूको दोस्रो ठुलो चाड दीपावली (तिहार)लाई नेपाली समुदायको मुख्य पर्वको रूपमा मान्यता दिएको छ।

गत बिहीबार आयोजित एक कार्यक्रममा नर्थ क्यारोलाइनाको गीलफर्ड काउन्टीले नेपाली समुदायको महत्त्वपूर्ण पर्वलाई मान्यता दिएको एक घोषणा गरेको हो ।

गीलफर्ड काउन्टी अफ कमिसनर (आयुक्त) ब्रान्डन ग्रेका अनुसार दसैँ र तिहारमा नेपालीहरूलाई बिदा दिनको लागि माग भए बमोजिम आयुक्तहरूको बैठकमा छलफल पनि भएको तर सार्वजनिक बिदाका दिनको लागि काउन्टीले निर्णय गर्न नसक्ने हुँदा सो सम्बन्धी निर्णय गर्न नर्थ क्यारोलाइनाको राज्य संसदमा पठाउने पनि निर्णय भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार