काठमाडौं : नेकपा एमालेका नेता एवं सांसद सुर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नयाँ नाटक ‘प्रतिशोध’ सुपरफ्लप हुने बताएका छन् ।
शनिवार विहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सांसद थापाले सो कुरा बताएका हुन् । लामिछानेले संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले आफुलाई ‘क्लिन चिट र सफाई’ दिएको बताएका थिए । उक्त भनाईप्रति व्यंग गर्दै थापाले लामिछानेको नयाँ नाटक ‘प्रतिशोध’ पनि सुपरफ्लप हुने बताएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘क्लिन चिट र सफाई’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कला बिहीन नयाँ नाटक मञ्चन भइरहेछ (‘प्रतिशोध !’सुपरफ्लप हुने बाटो-प्रतिक्षा गरौं ।’