सिनवारको मृत्यु भए पनि हमास जीवित रहेको खमेनीको घोषणा

२०८१ कार्तिक ३, शनिबार

सिनवारको मृत्यु भए पनि हमास जीवित रहेको खमेनीको घोषणातेहरान : इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले गाजामा भएको इजरायली सैन्य कारबाहीमा हमासका नेता याह्या सिनवारको मृत्यु भएपनि हमास जीवित रहेको शनिबार घोषणा गरेका छन् । सिनवारको मृत्यु पीडादायी भएता पनि सिनवारको शहादतसँगै हमासको अन्त्य नहुने खामेनीले बताएका छन् । उनले विज्ञप्ति जारी गर्दै प्यालेस्टिनी इस्लामवादी आन्दोलन र हमास अझै जीवित रहने जनाएका छन् ।

खमेनीले सिनवारको बारेमा उल्लेख गर्दै भने, “सिनवार “प्रतिरोध र सङ्घर्षको चम्किलो व्यक्तित्व हुन, जो क्रूर र आक्रामक शत्रुविरुद्ध अटुट दृढ संकल्पका साथ उभिन्थे।” सन् २०२३ अक्टोबर–७ को आक्रमणको मुख्य नाइकेको रुपमा सिनवारलाइ चित्रित गर्दै सिनवारको मृत्युले युद्ध भड्किएको भए नि निरन्तर अघि बढ्ने बताएका छन् ।

उनले सन् २०२३ अक्टोबर–७ बाट सुरु भएको युद्धमा सिनवार यस क्षेत्रको इतिहासमा उच्च विरासतको साथ उल्लेख्य योगदान गरी सम्मान र गर्वका साथ शहीद भएको बताएका छन् । इरानले आफ्नो कट्टर शत्रु इजरायललाई मान्यता नदिने बताउँदै सन् १९७९ को इस्लामिक क्रान्तिपछि प्यालेस्टिनी उद्देश्यका लागि आफ्नो समर्थनलाई आफ्नो विदेश नीतिको आधार बनाएकोसमेत उनले उल्लेख गरेका छन् ।

लामो समयदेखि छायाँमा रहेका सिनवारले गत जुलाईमा इरानी राजधानी तेहरानमा हमासका नेता इस्माइल हानियाहको हत्यापछि हमासको प्रमुखको पदभार ग्रहण गरेको स्रोतले जनाएको छ । इरानले सिनवारको हत्याको दोष इजरायललाई लगाइएको छ, यद्यपि इजरायलले भने हालसम्म घटनाको जिम्मेवारी लिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार