टी-२० आई सिरिज : अमेरिकालाई नेपालले दियो १७१ रनको लक्ष्य

२०८१ कार्तिक ४, आईतवार

काठमाडौं : टी-२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ । आ

अमेरिकाको डालासस्थित ग्राउण्ड पेरी स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको हो।  नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका कुशलले ५४ बलमा ७ चौका र ६ छक्का सहयोगमा सर्वाधिक ९२ रनको योगदान दिए।

३१ बलमा २ चौका र १ छक्का प्रहार गरेका ओपनर अनिल शाह २५ रनमा पेभेलियन फर्के। अर्का ओपनर आशिफ शेख तेस्रो ओभरको चौथो बलमा ४ बलमा १ रन बनाउँदा सौरभ नेत्रवल्करको बलमा एलबीडब्धु धरापमा परे। गुल्सन झा १९ र कप्तान रोहित पौडेल १८ रनमा आउट भए। दिपेन्द्र सिंह ऐरि २ रनमा क्याच आउट भए।आशिफ शेख १ रनमा रनआउट भए।

अमेरिकाका लागि नोतुस र जसदिप सिंहले समान २ विकेट लिए। सौरभले एक विकेट झारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार