पाथीभरा मन्दिरमा एकै दिन छ हजार पाँच सय बढीले गरे दर्शन

२०८१ कार्तिक ६, मंगलवार

ताप्लेजुङ : ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा यो सिजनकै सबैभन्दा बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन्।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार मंगलवार छ हजार पाँचसय १२ जनाले मन्दिरको दर्शन गरेका छन्। यसअघि गत कार्तिक ३ गते पाँचहजार नौ सय ८३ जनाले मन्दिरको दर्शन गरेका थिए। मेची राजमार्ग तथा तमोर करिडोर अवरुद्ध हुँदा नवरात्रको समयमा पनि पाथीभरा दर्शन गर्ने दर्शनार्थीको संख्या ज्यादै न्यून थियो।

सडक क्षेत्र सञ्चालनमा आएसँगै पाथीभरा मन्दिर दर्शन गर्नेको संख्या ह्वात्तै बढेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार