काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउमा सरकारले दोहोराे मापदण्ड अपनाएको बताएको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सो कुरा बताएका हुन्। सञ्चारकर्मीहरू लामिछाने पक्राउको विषयमा पार्टीको धारणा मागेका थिए। जवाफमा उनले सरकारले दोहोरो मापदण्ड अपनाउन नहुने बताए।
‘अदालती प्रक्रियामा गएको छ। उहाँहरूकै कार्यकर्ताले नारा लगाउनुभएको छ । हामीले के गरेका छौँ त ? हामीले दोहोरो मापदण्ड अपनाउन हुँदैन, पक्षपात गर्न हुँदैन भनेका मात्रै छौँ’ सापकोटाले भने।





