उपेन्द्र यादवले मधेसलाई पटक-पटक धोका दिए : मन्त्री यादव

२०८१ कार्तिक १०, शनिबार

पर्सा  : खानेपानी मन्त्री प्रदीप यादवले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता लोलुपताका कारण पटक–पटक मधेसलाई धोका दिएको आरोप लगाएका छन् ।

उपेन्द्र यादवको पार्टीलाई विभाजन गरेर जनता समाजवादी पार्टी गठन गरी उक्त पार्टीका उपमहासचिव समेत रहेका मन्त्री यादवले जनताको जीवनस्तरमा सुधार ल्याउन काम गर्नुपर्ने बताए। जसपाले वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले आफ्नो पार्टी विकल्प बनेर अघि आएको बताए । ‘सत्ता लोलुपताका कारण जसपा, नेपालका अध्यक्ष यादवले पटक–पटक मधेसका जनतासँग धोका गरेको सर्वविदितै छ । हामी त्यस्तो छैनौँ, हामी केवल राजनीति गर्न होइन, जनताको जीवनस्तर सुधार्न र स्थायी परिवर्तन ल्याउनका निमित्त आएका छौँ,’ यादवले भने ।

उपेन्द्र नेतृत्वको पार्टीमा निराशा छाएको पनि मन्त्री यादवको दाबी थियो । उक्त पार्टीका कार्यकर्ताहरूले विकल्पको खोजी गरिरहेको उनले बताए । मन्त्री यादवले संगठन विस्तारमा लाग्नुपर्ने र सुदृढ पार्टी गठन गर्नुपर्ने बताएका थिए । जसपा, नेपाल परित्याग गरेर जिल्ला स्तरका नेता–कार्यकर्ता जसपामा प्रवेश गरेका थिए ।

मन्त्री यादवको उपस्थितिमा भएको पार्टी प्रवेश कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेलीलगायत जनप्रतिनिधि पनि उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार