रवि लामिछानेलाई छुटाइदिन अर्याल र परियार राती प्रधानमन्त्री भेट्ने, दिउँसो बालुवाटारमा बिरोध

२०८१ कार्तिक १३, मंगलवार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोरप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राती भेटेर सभापति रवि लामिछानेलाई छुटाइदिन याचना गरेको खुलेको छ। मंगलबार दिउँसो बालुवाटारमा रास्वपाका नेता कार्यकर्ताले सरकारको बिरोधमा प्रदर्शन जारी राखेका बेला यस्तो रहस्य खुलेको छ।

नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले यसबारेको जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीनिकट रहेका रिजालले भनेका छन्,‘दिनभरि प्रधानमन्त्रीका विरूद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शब बनाएर दाह संस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राती–राती कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुपर्यो, लौ न’ भनेर हारगुहार गर्दा हुन्?’

सहकारी रकम ठगी र अपचलनसहितको संगठित अपराधमा सभापति लामिछानेसँग प्रहरीले अनुसन्धान जारी राखेका बेला यस्तो याचना लिएर अर्याल र परियार कसरी पुग्न सकेका होलान् भन्ने प्रश्न खडा भएको छ।

रिजाल सोही विषयमा थप लेख्छन्,‘यति हेक्का राखे हुन्छ– राजनीतिमा धैर्य र इमान चाहिन्छ। जे गर्छ, कानुनले गर्छ। डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरे जस्तो उहॉले चाँहदैमा मुद्दा फिर्ता सम्भव हुन्न।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार