गुडिरहेको फोर्स गाडीमा आगलागी

२०८१ कार्तिक १४, बुधबार

सल्यान : बाँकेको नेपालगञ्जदेखि रुकुम पश्चिम जाँदै गरेको फोर्स गाडीमा आगलागी भएको छ ।

पश्चिम रुकुम चौरजहारी नगरपालिकाको –११ चौफातर्फ जाँदैगरेको गाडी बुधबार बेलुका सल्यानको बागचौर नगरपालिका –१ थारमारे चारखोलामा आगलागी भएको हो । बेलुकी ६ वजे  भे १ ख ३७५० नम्वरको फोर्स गाडीमा आगलागि भएको  सल्यान प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यान प्रहरी प्रमुख केशर न्यौपानेका अनुसार गाडीमा अचानक आगो लागेको र नियन्त्रण आइनसकेको वताए ।

उनको अनुसार आगलागीबाट मानवीय क्षति भएको छैन । घटनास्थलमा प्रहरी पुगेको छ । २९ जना यात्रु सवार गाडीमा रहेको यात्रुहरुको सबै समान जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार