एउटा साझेदार ठग,चोर,डाँका,ज्यानमारा हुँदैमा सबै साझेदार अपराधी हुँदैनन् : रास्वपा

२०८१ कार्तिक १४, बुधबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै कम्पनीको एउटा साझेदार ठग,चोर,डाँका,ज्यानमारा हुँदा त्यसका आधारमा कम्पनीमा संलग्न सबै साझेदार अपराधि नहुने बताएको छ ।

बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले सो कुरा बताएको हो । कार्यबाहक प्रवक्ता मनिष झाद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,‘ गोर्खा मिडिया नेटवर्कमा सहकारीको पैसा आएको सन्दर्भमा हामी के स्पष्ट हुनुपर्दछ भने कम्पनी र कम्पनीको दायित्व सम्बन्धी प्रतिपादित विश्वव्यापी सिद्धान्त अनुसार कम्पनीका निर्देशक,शेयरधारक,कर्मचारी र एजेण्टहरु अलग कानूनी व्यक्ति मानिन्छन् र यसबाट उत्पन्न दायित्व निर्देशक,शेयरधारकको नभई कम्पनीको मात्र हुन्छ ।

साथै, कम्पनीको साझेदार ठग,चोर,डाँका,ज्यानमारा हुँदा त्यसका आधारमा कम्पनीमा संलग्न सबै साझेदार अपराधी करार हुँदैन । कम्पनीको सिद्धान्त अनुसार पनि जुन व्यक्तिले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट पैसा लिई आफ्नो तर्फको ऋण स्वरुप गोर्खा मिडिया नेटवर्कमा दिने काम गर्‍यो सोही व्यक्तिले सजाय पाउने हो । सहकारीबाट पैसा ल्याउने काम जिवी राईले गरेको स्पष्ट रहेकाले उक्त अपचलन बाफतको सजाय पाउने पनि राईले नै हो ।’

केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको सरकारले आफुलाई मन नपर्ने कसैलाई पनि राजनीतिक पूर्वाग्रह प्रेरित भएर थुनामा राख्न सक्ने नजिर बन्न नदिनका लागि खबरदारी गरिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार