डीआईजीद्वय गुरुङ र ढकालको एआईजीमा बढुवा सिफारिस

२०८१ कार्तिक १५, बिहीबार

काठमाडौं : नेपाल प्रहरीका दुई नायव महानिरीक्षक (डीआईजी)को एआईजीमा बढुवा सिफारिस भएको छ ।

गृह मन्त्रालयका सचिवको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले डीआईजीद्वय  बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छन् ।

यो सिफारिसलाई मन्त्रिपरिषदले अनुमोदन गरेपछि उनीहरु एआईजीमा बढुवा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार