अरिङ्गालले टोकेर घाइते भएका जोशीको उपचारका क्रममा मृत्यु

२०८१ कार्तिक १५, बिहीबार

डडेल्धुरा : अरिङ्गालले टोकेर जिल्लाको आलिताल गाउँपालिका-१ दुनी बस्ने ५० वर्षीय लक्ष्मणराज जोशीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक डम्बर बिष्टका अनुसार उनलाई १२ गते जंगलमा स्याउला काट्ने क्रममा अरिङ्गालले टोकेको थियो । अरिङ्गालले टोकेर घाइते भएका जोशीलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएकोमा थप उपचारका लागि धनगढीको नवजीवन अस्पताल लगिएको थियो ।

स्वास्थ्यमा सुधार नभएपछि बुधबार भारतको बरेलीतर्फ लगिएकोमा बुधबार राति नै मृत्यु भएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार