काठमाडौँ : काठमाडौँको बौद्धस्थित सन्दुक बचत तथा ऋण सहकारीकी अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
अध्यक्ष भीम कुमारी तामाङलाई सहकारीको निक्षेप अपचलन गरेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले हाम्रोदेशलाई बताए । ३६ वर्षीया भीम कुमारीलाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ ।
उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको थियो ।





