लक्ष्मी पूजाको दिन होटलमा आगलागी

२०८१ कार्तिक १६, शुक्रबार

दमक : झापाको मेचीनगर नगरपालिका काकड्भिट्टा एक होटलमा लक्ष्मी पूजाको साँझ आगलागी भएको छ ।

राति ८ः३० बजे तिर काँकडभिट्टामा प्रेम गुरुङको ५ तलाको घरको भुइँतलामा रहेको न्यू सागर होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट फ्रिजबाट अचानक विद्युत् सर्ट भई आगलागी भएको जानकारी भएको प्रहरीको भनाइ छ । मेचीनगर नगरपालिकाका २ वटा दमकलको साहयतामा आगो नियण्त्रणमा लिइएको थियो ।

आगलागीबाट होटेलभित्र रहेको भाडा वर्तन, फ्रिज, फर्निचरलगायतका सरसामानहरू पूर्ण रूपले जलेर नष्ट हुँदा करिब ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार