माडीले बगाउँदा दुई जनाको मृत्यु

२०८१ कार्तिक १६, शुक्रबार

प्यूठान : प्यूठानमा माडी नदीले बगाएर दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक  दिपेश बस्यालका अनुसार स्वर्गद्वारी नगरपालिका ५ तल्लो सारीका ७५ वर्षीय जगनाथ अधिकारी र स्वर्गद्वारी ३ चिराबारीका ६३ वर्षीय दामोदर खनालको शव फेला परेको हो । बुधबारदेखि हराइरहेका अधिकारीको शव शुक्रबार दिउँसो २ बजे भिंगृस्थित तापा र बर्जिबाङ जोड्ने बेली ब्रिजको दुई सय मिटर तल शव भेटिएको प्रहरीको भनाइ छ ।

त्यस्तै खनाललाई स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्केपछि बेलिब्रिजको छेउमा नुहाउन जाँदा नदीले बगाएको थियो । खनालको शव गोठिबाङको घण्टीखोला दोभानमा फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार