नाइजेरिया : बदला लिने एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ एउटी युवतीले यस्तो षड्यन्त्र रचेकी छिन्, जुन सुनेर जो कोही छक्क पर्नुहुनेछ ।
आफ्नो पूर्व प्रेमीसँग बदला लिन एक युवतीले उनको सूपमा विष मिसाएकी छिन् । यो ‘किलर’ सूप पिएपछि पाँच जनाको मृत्यु भएको छ । यो घटना नाइजेरियाको इडोमा भएको हो । स्थानीय प्रहरीले घटनाको पुष्टि गरेको छ भने युवतीलाई पनि पक्राउ गरिएको छ । हाल यस विषयमा अनुसन्धान भइरहेको छ ।
डेली स्टारको रिपोर्ट अनुसार एउटै परिवारका सदस्यको शव कोठामा भेटिएको थियो । यो सम्पूर्ण घटना आफ्नो पूर्व प्रेमीसँग बदला लिन चाहने केटीको वरिपरि घुमेको देखिन्छ। जब युवतीले आफ्नो पूर्व प्रेमीप्रति असन्तुष्टि व्यक्त गर्दै परम्परागत सुपमा विष मिसाएकी थिइन् ।
उनको योजना पूर्व प्रेमीलाई लक्षित गर्ने मात्र थियो, तर उनले अनजानमा अन्य चार व्यक्तिको ज्यान लिइन् – जसमध्ये दुई दाजु थिए र बाँकी तीन जना उनीहरूका साथी थिए।
स्थानीय प्रहरीले युवतीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताएको छ । इडो राज्य पुलिस कमाण्डका प्रवक्ता, मुसा यामुले भने, ‘उनीहरूले मृत्यु कसरी भयो भनेर ठोस कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ। प्रारम्भिक रूपमा खाद्य विषाक्तता कारण उनीहरूको मृत्यु भएको भन्ने छ।