२ मोटरसाइकल आपसमा ठोकिँदा एकको मृत्यु, अर्का गम्भीर घाइते

२०८१ कार्तिक १९, सोमबार

नेपालगञ्ज : बाँकेमा दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा एकजना चालकको मृत्यु भएको छ। दुर्घटनामा अर्का चालक गम्भीर घाइते छन्।

आइतबार राति  नेपालगञ्ज-४ बाइपासमा भे ६ प ८०२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ३ प ७१७१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन। दुर्घटनामा बाँकेको नेपालगञ्ज- ६ घर भएको २६ वर्षीय अमनकुमार गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। दुर्घटनामा नेपालगञ्ज- ११ का १८ वर्षीय एहसान शेख गम्भीर घाइते भएका छन्।

घाइते शेखलाई भेरी अस्पतालमा सामान्य उपचार गरेर थप उपचारको लागि राति नै  भारतको लखनऊतर्फ लगिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार