गैँडाको आक्रमणबाट पथप्रदर्शक घाइते

२०८१ कार्तिक २४, शनिबार

चितवन :  सदावाहार मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई घुमाउने क्रममा पथप्रदर्शक जगबहादुर माझी गैँडाको आक्रमणबाट घाइते हुनुभएको छ ।

गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–२७ का २८ वर्षीय माझी घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार माझीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार