मानव बेचबिखनमा मुछिएका कोशीका निवर्तमान मन्त्री अधिकारी प्रहरी नियन्त्रणमा

२०८१ कार्तिक २५, आईतवार

काठमाडौँ : कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मानव बेचबिखनको आरोप लागेका अधिकारीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो। अधिकारीलाई आजै अदालतबाट अनुमति लिएपछि पक्राउ गरिएको हो ।

नियन्त्रणमा लिइएका अधिकारीलाई विराटनगरबाट प्रहरीले बयानका लागि काठमाडौंस्थित मानव बेचबिखन ब्युरो ल्याउने तयारी गरेको छ। अधिकारीलाई हवाई मार्गबाट काठमाडौं ल्याउन लागिएको हो।

अधिकारीले नक्कली कागजात बनाइदिएर आफुसँगै तीनजना नेपालीलाई जापान लगेको आरोप लागेको छ। सोही आरोपपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए। नेकपा एमालेका सांसद समेत रहेका अधिकारीलाई पार्टीले साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेको छ।

मानव बेचबिखनमा आफ्नो प्रत्यक्ष या अप्रत्यक्ष कुनै पनि सम्बन्ध नरहेको भन्दै अधिकारीले आफुलाई फसाइएको जिकिर गर्दै आएका छन् । सो प्रकरणमा प्रहरीले अहिलेसम्म ७ जनालाई नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार