पाल्पा : पाल्पा जिल्लाको रामपुर नगरपालिकाले नगरक्षेत्रभित्र भोलि (मङ्गलबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
सोमबार बसेको नगर कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको हो । कालीगण्डकी क्षेत्रमा हरिबोधिनी एकादशी भव्य रूपले मनाइने भएकाले मङ्गलबार बिदा दिने निर्णय गरिएको रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले जानकारी दिए । कार्यपालिकाको बैठकपश्चात् नगरपालिकाले एक सूचना जारी गरी बिदा दिएको जानकारी दिएको छ ।
नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।