काठमाडौं : सहकारी ठगीको आरोपमा प्रहरी अनुसन्धानमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई मंगलबार रुपन्देही लगिने भएसँगै त्यहाँ नेता, कार्यकर्ता र समर्थकहरूले प्रदर्शनको तयारी गरेका छन् ।
‘राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै कार्यकर्ताले भैरहवास्थित लुम्बिनी गेटमा प्रदर्शन गर्न लागेका हुन् । रास्वपा नेता बुद्धि शर्माले मंगलबार बिहान साढे ११ बजे प्रदर्शनको तयारी भएको बताए ।
रुपन्देहीको सहकारी ठगीमा पनि संलग्नता देखिएको भन्दै रुपन्देही जिल्ला अदालतको पक्राउ पुर्जीअनुसार कास्की प्रहरीले प्रहरीलाई लामिछानेलाई मंगलबार बिहान जहाजमा पठाउन लागेको हो।





