काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य २ हजार ४ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएकोमा आज २ हजार ४ सय रूपैयाँले घटेर एक लाख ६२ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर १ हजार ९ सय २५ रूपैयाँ कायम भएको छ ।