आफूले चलाउने मोबाइल काठमाडौँ बाहिर पठाएर लुकेर बसेका थिए मनाङे

२०८१ कार्तिक २७, मंगलवार

काठमाडौँ : गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङलेलाई पक्राउ पछि जेल चलाउन गरिएको  छ ।

उनलाई सीआईबीका डीएसपी नेतृत्वको टिमले मंगलबार काठमाडौंको सानोभर्‍याङ स्थित कम्फर्ट हाउजिङबाट पक्राउ गरेको हो । मनाङे कम्फर्ट हाउजिङमा रहेको आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् ।आफूले चलाउने मोबाइल काठमाडौँ उपत्यका बाहिर पठाएर काठमाडौँमा लुकेर बसेको सूचनाका आधारमा उनी पक्राउ परेका हुन् ।

कार्तिक २० मा सर्वोच्च अदालतले उनलाई ज्यान मार्ने उद्योग मुद्दामा उच्च अदालतले गरेको फैसला सदर गर्दै ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी सम्पर्क विहीन भएका थिए । तरबार प्रहार गरेर गुन्डा नाइके चक्रे मिलनको हात छिनाएको घटनामा उनी यसअघि २ वर्ष जेल बसिसकेका छन् । उनले अब बाँकी कैद भुक्तान गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार