दार्चुला दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार

२०८१ कार्तिक ३०, शुक्रबार

काठमाडौं : दार्चुलामा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनाको उद्धार गरी अस्पताल पुर्‍याइएको छ। शुक्रबार शैल्यशिखर नगरपालिका-६ स्थित बकजेवलामा म १ ज ३३८ नम्बरको जीप दुर्घटनामा परी घाइते भएका चार जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

चार जनालाई उद्धार गरी सेती प्रादेशिक अस्पताल धनगढीमा पुर्‍याइएको हो। मालिकार्जुन गाउँपालिका-३ स्थित मालिकार्जुन धाममा लागेको जात्रा हेरेर फर्किरहेका यात्रु चढेको जिप सडकबाट दुई सय मिटर तल खसेको हो। दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार