स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

२०८१ कार्तिक ३०, शुक्रबार

सुर्खेत : सुर्खेतमा स्कुल बसले ठक्कर दिंदा एक बालिकाको मृत्यु भएको छ ।

शुक्रबार बिहान १०ः४५ बजेतिर वीरेन्द्रनगर नगरपालिका– १ को देउतीथान नजिकैको भित्री सडकमा कर्णाली प्रदेश ०२००१ क ००६८ नम्बरको स्कुल बसले ठक्कर दिँदा वीरेन्द्रनगर – १ का सुरेश सुनारकी तीन वर्षीया छोरी समीक्षा सुनारको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।

५५ वर्षका चालक बालकृष्ण गिरीले चलाएको श्री सनसाइन एकेडेमी बोर्डिङ स्कुलको बसले बालिकालाई ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले चालक र गाडी प्रहरीको नियन्त्रणमा छन् । बालिकाको शव घटनास्थलमै छ । जिल्ला प्रहरी कार्यालयबाट डीएसपी नेतृत्वको टोली पनि घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

बांगेसिमलबाट देउतीथानतर्फ आउँदै गरेको बसले बालिकालाई ठक्कर दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार